गृहमन्त्री लामिछाने मुछिएको सहकारीमा निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए ।

‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने ।’

उनले भने, ‘तर अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने हामीले कसरी पत्याउने रु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *