गुल्मीमा बस दुर्घटना: १२ जना घाइते, एकको अवस्था गम्भीर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । पोखराबाट गुल्मीतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । तम्घास रिढि सडकखण्डको रुरुक्षेत्र गाउँपालिकाको १ मक्वादीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले  जानकारी दिए  ।

उनका अनुसार १३ जना सवार बस अन्दाजी ५०-६० मिटर तल खसेको हो । ‘एकजना गम्भीर घाइते छन् । १२ जना सामान्य घाइते छन् । घाइतेहरूको रिढि प्राथमिक केन्द्रमा उपचार भइरहेको छ’, उनले भने ।

दुर्घटना के कारण भएको त्यस विषयमा अनुसन्धान भइरहेको  उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *