राम्रा योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री महरा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अघिल्लो सरकारका राम्रा योजनालाई निरन्तरता दिने बताएका छन् । बिहीबार बुटवलमा ‘स्थानीय सरकारका प्रवक्ताको भूमिका तथा जिम्मेवारी’ विषयक प्रशिक्षण कार्यक्रमको समापन समारोहमा मुख्यमन्त्री महराले संस्थागत योजनाहरूलाई प्राथमिकतामा राख्ने र विगतका राम्रा योजनाहरूलाई समेत निरन्तरता दिइने बताएका हुन् । उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा […]
गुल्मीमा बस दुर्घटना: १२ जना घाइते, एकको अवस्था गम्भीर
काठमाडौँ । पोखराबाट गुल्मीतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । तम्घास रिढि सडकखण्डको रुरुक्षेत्र गाउँपालिकाको १ मक्वादीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डिएसपी शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार १३ जना सवार बस अन्दाजी ५०-६० मिटर तल खसेको हो । ‘एकजना गम्भीर घाइते छन् । १२ जना सामान्य घाइते छन् । घाइतेहरूको रिढि […]
पेटभित्र निलेर करिब ८ करोडको कोकिन तस्करी, तीन विदेशी महिला पक्राउ
काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो । वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको […]
बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि राजनलाई
बुटवल । बुटवलमा सम्पन्न राष्ट्रिय हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत राजन रोक्काले जितेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै च्याम्पियन बनेका हुन्। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विहिबार बुटवलमा राष्ट्रिय हाफ म्याराथन तथा रोड रेस प्रतियोगिता […]
सुपा देउरालीमा नयाँ प्रविधि प्रयोग गरेर सडक विस्तार गरिदै
अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तारको काम भइरहेको छ । कडा चट्टान पाइएपछि यसको नयाँ प्रविधि प्रयोग गरेर ड्रिल गरेर बाटो विस्तारको कार्य भइरहेको शिवपुर सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन पाण्डेले बताउनुभयो । जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्त्वपूर्ण गोरुसिङ्गे–सन्धिखर्क सडकको लाउरे बजारदेखि सुपा मन्दिरसम्म झन्डै […]
पाल्पमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो । दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यबिन्दु जिल्ला […]