गुल्मीमा डढेलो निभाउने क्रममा एक पुरुषको मृत्यु, १ घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका-१ का ५८ वर्षीय महले घर्तीको डढेलो नियन्त्रणको क्रममा लडेर मृत्यु भएको छ। उनी मुसिकोट नगरपालिका-१ तल्लो पौदीस्थित सर्बोदय माबिको जग्गामा लागेको डढेलो निभाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए।

आगोको ठूलो मुस्लो आफूतर्फ आएपछि लडेका घर्ती एक सय ५० मिटर तल खसेका थिए। उनको टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेपछि उपचारको लागि गुल्मी अस्पताल पुर्‍याइएको थियो। तर, डाक्टरहरुले घर्तीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए।

पोख्रेलका अनुसार सोही स्थानकै अर्का एकजना पनि घाइते भएका छन्। उनको उपचार गुल्मी अस्पताल तम्घासमा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *