गुल्मीमा डढेलो निभाउने क्रममा एक पुरुषको मृत्यु, १ घाइते

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका-१ का ५८ वर्षीय महले घर्तीको डढेलो नियन्त्रणको क्रममा लडेर मृत्यु भएको छ। उनी मुसिकोट नगरपालिका-१ तल्लो पौदीस्थित सर्बोदय माबिको जग्गामा लागेको डढेलो निभाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए। आगोको ठूलो मुस्लो आफूतर्फ आएपछि लडेका घर्ती एक सय ५० मिटर तल खसेका थिए। उनको टाउको लगायत शरीरको विभिन्न भागमा चोट […]

बर्खा अघिनै भूकम्प पीडितहरूलाई स्थायी आवासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोटलगायतका भूकम्प पीडितलाई बर्सात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा बोल्दै उनले सो निर्देशन दिएका हुन् । त्यसैगरी उपप्रधानमन्त्री लामिछानेले भूकम्प पीडितको अधिकार सङ्कुचन नहुने गरी सहकार्यका साथ काम […]

लुम्बिनी प्रदेशमा वैशाख ५ गते संसदीय समितिको निर्वाचन

बुटवल । लुम्बिनी प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति  घोषणा गरिएको छ । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो । सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबिच भागबन्डा मिलेलगत्तै […]

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु,पाँच अर्बभन्दा बढी क्षति

काठमाडौ । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० […]