गाय छाप सरफ प्रयोगकर्ताले पाए साइकल उपहार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । भरतपुर १६ स्थित मंगलपुरमा किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित मिनि मार्टबाट गायछाप सरफ खरिद गर्दा निशा भण्डारी बानियाँले साइकल उपहार पाएकी छन् । उत्पादन भएको छोटो समयमा नै आम ग्राहकको मन जित्न सफल बनेको गाय छाप प्रयोग गर्दा उपभोक्ता बानियाँले साइकल जितेकी हुन् ।

जस्तोसुकै मैलो भएको लुगापनि गाय छाप सरफमा राखेको करिब १० मिनेटभित्र सफा हुने कामना मार्केटिङ गाय छाप सरफको आधिकारिक बिक्रेता कुल प्रसाद अधिकारीले जानकारी दिनुभयो । निकट भबिस्यमा वासिङ मेसिन प्रयोगकर्ताहरुका लागि समेत एक्स्टा टाइट सरफ बजारमा ल्याउन लागिएको बजार प्रबन्धक खिमानन्द पौडेलले जानकारी दिनुभयो ।

नेपालको उत्पादन गाय छाप सरफ चितवनका विभिन्न क्षेत्रमा बिक्रीवितरण भइरहेको छ । हजारौं उपभोक्ताले सकारात्मक प्रतिक्रिया र गाय छाप सरफको माग गरेको सरफको आधिकारिक बिक्रेता कुल प्रसाद अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *