कृष्णनगरको ११ औँ नगरसभा बाट दुई विधेयक पारित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 कपिलवस्तु । कपिलवस्तुको कृष्ण्नगर नगरपालिकाको एघारौँ नगर सभा सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गरेको छ । नगरसभा अध्यक्ष तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रतप शाहले ११ औँ नगरसभाबाट दुई विधेयक पारित भएको जानकारी दिनुभयो ।

खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्ध व्यवस्था गर्न बनेको विधेयक २०८० र कृष्णनगर नगरपालिकाको विनियोजन ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक २०८० पारित गरिएको नगरप्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

छानो मुक्त नगर निर्माणका लागि अभियान सुरु गरेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । छानो मुक्त नगर निर्माणका लागि तत्काल २ करोड रकम विनियोजन गरेकाले आवश्यकता अनुसार अन्य बजेट व्यवस्थापन गरिने मेयर शाहको भनाई रहेको थियो । उपप्रमुख आरती देवी चौधरीले महिलाको हक अधिकारका लागि विशेष योजना ल्याउने बताउनु भयो ।

नगरमा आइ परेका समस्या न्यायीक समिति मार्फत समाधान गर्दै आएको उपप्रमुख चौधरीको भनाई रहेको छ । उहाले भन्नु भयो “नगरमा भएका सा साना समस्यालाई समाधान गरी न्यायमा पहुच पुर्याउन काम गरिहेका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले नगरले पारित गरेको विधेयक, कानुन अक्षरासं पालन गराउने बताउनु भयो । चालु आर्थिक बर्षमा अहिलेसम्म नगरको करिब ५० प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताउनु भयो ।

कृष्णनगरको ११ औँ नगरसभाले उत्कृष्ट कर्मचारीको रुपमा दमकल फायर म्यान रमेश जयसवाल, उत्कृष्ट जनप्रतिनिधी २ नं वडा सदस्य राहुल मोदनवाल र उत्कृष्ट नगर प्रहरीका सहायक नायब निरिक्षक मुकेश यादवलाई सम्मान समेत गरेको छ । -न्युज सेन्टर नेपालमा सनिउल्ला धोबीले लेखेको समाचार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *