कपिलवस्तु । पुस्तक र पुस्तकालयको महत्त्वलाई स्थापित राखिरहन २०७३ सालमा बाणगङ्गा सामुदायिक पुस्तकालय स्थापना गरि नियमित रुपमा यश क्षेत्रका पुस्तक प्रेमी पाठकहरूलाई सेवा प्रदान गर्दै नवौँ स्थापना दिवस, आठौ वार्षिक साधारणसभा, सरस्वती पुजा, स्रस्टा सम्मान तथा कृति विमोचन सहितको भव्य कार्यक्रम सम्पन्न भएको छ। वसन्त पञ्चमी को शुभ दिनमा स्थापना भएका कारण हरेक बर्स सरस्वती पुजा को दिन वार्षिक उत्सव मनाउँदै आएको छ।
हिजो भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष दोलख बहादुर पछाइको अध्यक्षता, बाणगङ्गा नगर उपप्रमुख रिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा दीप प्रज्वलन सहित सरस्वती माताको पुजा आराधना सहित उद्घाटन गरि संस्थाका संरक्षक मण्डल संयोजक ऋषिकेशव भारद्वाज को स्वागत मन्तव्य सहित विभिन्न साहित्यकारका रचना वाचन र शुभकामना मन्तव्य सहित सम्पन्न भएको छ।
कार्यक्रम मा प्रमुख अतिथि रिता कुमारी चौधरीले दुबै रचनाकार का कृतिमा प्रकाशित एक एक कविता वाचन सहित लेखक को परिचय गराउँदै कृति लोकार्पण गराउनु भएको थियो।
उक्त समारोहमा बाल माध्यमिक विद्यालय प्रकाशक रहि यश क्षेत्रका साहित्यकार अनन्तराज रेग्मीको अनन्त ज्ञान मञ्जरी कविता सङ्ग्रह एबम बाणगङ्गा सामुदायिक पुस्तकालय प्रकाशक रहि संस्थाका अध्यक्ष कवि दिलिप कार्कीको रचनामा दिलिप कार्कीका कविताहरू कविता सङ्ग्रह एकसाथ विमोचन भएका छन्।
भाषा, साहित्य,धर्म र आध्यात्मिक हिसाबले फरक परिचय भएको कपिलवस्तुमा विभिन्न क्षेत्र बाट प्राप्त भएका आआफ्ना अनुभव र अनुभुति लाई कृतिकै रुपमा स्थापित गराउनु नेपाली भाषा ,साहित्य, शृजनसिलता र वाङ्मयको संस्थागत विकास सँगै समग्र कपिलवस्तुले गौरव प्राप्त गर्नु हो।
विमोचन भएका दुवै कविता सङ्ग्रह को सङ्क्षिप्त समीक्षा गर्दै शैक्षिक व्यक्तित्व ज्ञानराज अर्यालले रचनाकार कविहरू प्रति बधाई सहित धन्यवाद दिँदै सबैमा सिर्जनशीलताको विकासको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम मा विशिष्ट अतिथि नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि सि, नगर प्रज्ञा प्रतिष्ठान का सूर्य प्रसाद भुसाल, शैक्षिक एवम् हास्य कलाकार जगतराज रेग्मी, बाल मा बि का भूतपूर्व एवम् वर्तमान प्रधानाध्यापक क्रमशः अर्जुन शही र टिकाराम अर्याल, नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल ,समाजसेवी युवराज के सि, सफल युवा व्यवसायी रोटरी ज्ञानहरि न्यौपाने बरिस्ठ समाजसेवी एवम् पुस्तकालय क लागि निशुल्क भवन दाता सागरप्रसाद श्रेष्ठ, वडा नम्बर १ कि महिला जनप्रतिनिधि टोपकला बि सि लगायत को उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन संस्थाका सचिव बुद्धिसागर बेल्बासेले पुस्तक, पुस्तकालय र सरस्वती पुजा सम्बन्धी साहित्यिक रचना वाचन सहित गर्नुभएको थियो।


