कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाको चौथो साधारणसभा सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको कुष्ठ प्रभावित तथा अपाङ्गता कृषि सहकारी संस्थाको चौँथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज आइतबार चारनम्बरमा विभिन्न कार्यक्रम गर्दै भव्य रुपमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले कुष्ठ प्रभावित व्यक्तिहरु समाजमा अझैपनि खुल्न गाह्रो मानिरहेको र उनिहरु अझैपनि लुकेर बसिरहेको भन्दै त्यसता व्यक्ति तथा शारीरिक अपाङ्गता भएकाहरुलाई अब यस सहकारी माफर्त पहिचान गरी जोडिने वातावरण मिलाउनुपर्ने बताउनुभयो । नगर भित्रका अन्य सहकारी जस्तै यस सहकारी पनि उत्तिकै बलियो रहेको भन्दै आफ्नो अधिकार प्राप्तिका लागि दरिलो भएर उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै सहकारीका अध्यक्ष मोतिराम थारुले सहकारीमा अहिले ४१८ जना सेयर सदस्यहरु रहेको उल्लेख गर्दै सहकारीले कुष्ठ रोगि तथा विभिन्न अपाङ्गा भएका व्यक्तिहरुको पक्षमा काम गरिरहेको बताउनुभयो । समाजमा अपाङ्गता भएका व्याक्तिहरुलाई अगाडि बढ्न महत्वपुर्ण स्थान प्रदान गरेको समेत बताउनुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ वडा सदस्य शैलेन्द्र बेल्वासे, गजेहडा स्वास्थ्य केन्द्र प्रमुख दोर्ण प्रसाद बेल्वासे, बाणगंगा नगर कृषि प्रशासन अधिकृत शन्तोष भुषाल, जनसेवा स्वाथ्य केन्द्र मोतिपुरका प्रमुख हिमलाल घिमिरे, उर्मिला भुषाल, तेज कुमारी भट्टराई लगायत सहकारीका पदाधिकारी तथा शेयार सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

सहकारीका अध्यक्ष मोतिराम थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन लेखा संयोजक विष्णु पोख्रेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *