कपिलवस्तु सहित लुम्बिनीका तराईका जिल्लामा उखरमाउलो गर्मी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बृुटवल । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।

लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यस्तै फिजिसियन डा. नन्दु पाठकले गर्मीमा प्रशस्त मात्रामा पानी पिउनु पर्ने बताएका छन् । ‘ गर्मीको प्रभाव धेरै बालबालिका, दम, क्यान्सर र दीर्घ रोगीमा पर्ने भएकाले विशेष ध्यान दिनु पर्छ । स्कुलले विद्यार्थीहरुलाई टिफिन टाइममा पनि बाहिर निसक्न दिनु हुँदैन् । ’–उनले भने ‘सकेसम्म सबै सितल ठाउँमा बस्नु पर्छ । दैनिक रुपमा ५ लिटर पानी पिउनु पर्छ ।’

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिनु पर्ने डा. पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *