कपिलवस्तु शिक्षक महासंघको अध्यक्षमा पोख्रेल सर्वसम्म्त

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । नेपाल शिक्षक महासंघ कपिलवस्तुको अध्यक्षमा गोबिन्द पोख्रेल निर्वाचित हुनु भएको छ । मंगलबार भएको अधिवेशन बाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

वितग २० वर्ष देखि अध्यापन पेशमा सक्रिय रहनुभएका पोख्रेल विभिन्न शिक्षकहरुका मागमा अग्रपंक्तिमा रहेर काम गर्दै आउनु भएको छ । कपिलवस्तुमा रहेको बाणगंगा माध्यमिक बिद्यालय गजेहडा र सिद्धार्थ क्याम्पस बुङ्चिमा कार्यरत पोख्रेलले शिक्षकहरुको हकहितका लागि सक्रिय रुपमा काम गर्ने बताउनुभयो ।
जनहत अनलाइन सङ्ग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पोख्रेलले सम्पुर्णलाई समेटेर शिक्षाको गुणस्तर वृद्धि गर्न पहल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *