कपिलवस्तु बाट अवैध नदी जन्य पदार्थ ओसारपसार गर्ने १२ सवारीसाधन नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । बुद्धभूमि नगरपालिका ९ गब्दहवास्थित अगिया खोलाबाट अवैध रुपमा नदी जन्य पदार्थ उत्खनन् गरेर ओसारपसार गर्नमा प्रयोग भएका १२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

गैरकानुनी रुपमा नदीजन्य पदार्थको दोहन गरिरहेको सूचना पाएपछि शुक्रबार बिहान ५ बजे सशस्त्र प्रहरी पुगेर २ एक्स्काभेटर, ८ टिपर र २ ट्रयाक्टर पक्राउ गरेको थियो ।

बुद्धभूमि नगरपालिकाले लगाएको नदीजन्य पदार्थ निकासीको ठेक्का लिएर ठेकेदार कृष्ण पोखरेलले उक्त अवैध उत्खनन् गराउँदै ढुवारी गराउँदै आएका थिए ।

बा२क ४३१७ नंबरको एक्स्काभेटर र बा३क ३०८३ क्याप जेसीबी पक्राउ परेको छ । त्यस्तै लु४त ३८७४ नम्बर र लु४त २२९७ नम्बरको ट्र्याक्टर पनि पक्राउ परेको छ ।

लु१क ३३१९, लु१क ४४२१, लु२ख ४३७७, रा१ख १३७७, लु१ख ३८२७, मधेस प्रदेस ०३००१क२४१२, लु२क ३८२६ र लु२ख ३४९९ नम्बरका टिपर नियन्त्रणमा लिइएको छ ।

गैरकानुनी उत्खनन्‌मा संलग्न सबै सवारीसाधनलाई आवश्यक कार्यबाहीका लागि बुद्धभूमि नगरपालिकालाई बुझाइएको सशस्त्र प्रहरी २८ नं। गण प्रमुख उपरीक्षक रामजंग पाण्डेले बताए । -मनोज पौडेल/कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *