कपिलवस्तु उद्योग व्यापार संघको २०८१ को भित्तेपात्रो विमोचन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कृषि उत्पादनबाट नेपालको अर्थतन्त्र बलियो हुने उद्योग व्यापार माहासंघका केन्द्रीय माहासचिव खेमनारण पराजुलिले बताउनु भएको छ । उद्योग व्यापार संघ कपिलवस्तु नयाँ वर्ष २०८१ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नेपालमा प्रसस्त सम्भावना रहेको बताउदै यहाँको उत्पादनलाई प्राथमिकता दिदै आत्मनिर्भरमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । साथै उहाँले बाहिरबाट आउने सामान गुणस्तर छ कि छैन तर सस्तो पाउँदा किन्ने र नेपालीले उत्पादन गरेको उत्पादन खेरा जाने अवस्था सृजना रहेको समेत बताउनु भयो । माहासंघका केन्द्रीय माहासचिव पराजुलिले राष्ट्रले उद्योग व्यापार सँगका समस्या सम्बोधन गर्नु पर्ने बताउदै राष्ट्रले नीति निमार्ण गर्दा साना ठुला व्यवसायिकलाई समेट्दै अगाडी बढ्नु पर्ने बताउनु भयो ।

May be an image of 6 people, temple and text

लुम्बिनी प्रदेश पुर्व योजना आयोग सदस्य तथा संस्थाका सल्लाहकार सरोज खनालले देशको अर्थतन्त्र आशा गरेअनुसार बढ्न नसकेको भएपनि बाहिर हल्ला चलेजस्तो देशको अर्थतन्त्र सङ्कटमा नपरेको दाबी गर्नुभयो । उत्पादनले आवश्यक मुल्य, बजार नपाउनाले अहिले उद्योगी व्यवसायीको मनोबल नै घटेको भन्दै त्यसको लागि सरकारले काम गर्न आवश्यक रहेको बताउनुभयो ।

भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा उद्योग व्यापार संघ प्रदेश कमिटी सदस्य टोप बहादुर कार्की, जिल्ला प्रहरी उपरीक्षक नवरत्न पौडेल, एभेष्ट चेमर अफ कमसका एल पि पाण्डे, शिवराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अनुप चौधरी, नेकपा माओवादी जिल्ला संयोजक विष्णु बेल्वासेले लगायले नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्दै नयाँ वर्षले देशको समग्र विकासमा सकारात्मक उर्जा थप्ने बताउनुभयो । साथै उहाँले उद्योग व्यापार संघ कपिलवस्तुले स्थापना भएको छोटो सयमा धेरै राम्रा काम गरेको बताउदै आगामि दिनको सपलताको शुभकामना दिनु भयो ।

धन्यवाद शुभकामना मन्तव्य राख्दै उद्योग व्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द्र कोपिल पौडेलले सम्रग कपिदवस्तु सम्मेट्ने गरि क्यालेन्डर बनाएको बताउदै क्यालेन्डर बनाउदा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नु भयो ।

May be an image of 5 people, clarinet, violin, flute and text

भित्तेपात्रो प्रकाशन संयोजक माधव भाट क्षेत्रिको अध्यक्षता माहासचिव बासुदेव खनालको सञ्चालनमामा भएको कार्यक्रमा समाजसेवि, बुद्धिजिवि, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योग व्यापारी, नागरिक समाज, उद्योग व्यापार संघ कपिलवस्तुका पदाधिकारी, सञ्चारकर्मि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पिस हिमालय रिसोर्ट ठाकुरापुरमा सम्मपन्न भएको थियो ।

May be an image of 11 people and text

May be an image of 3 people, ice cream, flute, temple and text

May be an image of 4 people, people smiling and text that says 'oN उद्योग ल्यावार 今士 कपिलवस्तु वाणगंगा कृालत्पालल्ल स्वा को ٤٩ को भित्ते आत नय गो विमोचन कार्यक्रम ইसर् ठाकुरापूुर'

May be an image of 9 people, people studying and text that says '® उद्योग व्यापार संघ. कपिलवस्त नंयाज माश 20 ২0८ भितेपात्रो विमोचन शुभकामता आदान प्रदान कार्यक्रम 此码可 戰 2a0号'

Leave a Reply

Your email address will not be published. Required fields are marked *