कपिलवस्तु उद्योग ब्यापार संघद्वारा मन्त्री अधिकारीलाई स्वागत तथा सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तु उद्योग ब्यापार संघले भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । शनिवार मन्त्रीको पदभार ग्रहण गरिसकेपछि पहिलोपटक गृह जिल्ला आउनुभएका मन्त्री अधिकारीलाई स्वागत गरेको हो ।

स्वागत कर्याक्रममा बोल्दै मन्त्री अधिकारीले देशको आर्थिक अवस्था चलायमान गराउन उद्योगी तथा व्यवसायीहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । पछिल्लो समय व्यवसायीहरु केहि समस्यामा परेको भन्दै त्यसको समाधान गर्न सबै व्यवसायी एकजुट हुन आवश्यक रहेको बताउनभुयो । जिल्लामा अव्यवस्थित बसोबासी तथा सुकुम्बासीका समस्या प्रति आफु अवगत रहेको भन्दै उक्त क्षेत्रमा भरपुर काम गर्ने बताउनुभयो ।

आफु मन्त्री भएपछि जिल्लावसीको धेरै अपेक्षा रहेको भन्दै उक्त अपेक्षा अनुसार नै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । जनताको काम गर्दा अफुलाई आफ्ठ्यारो परेपनि आफु पछि नहट्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा मन्त्री अधिकारीलाई स्वागत तथा सम्मान गर्दै कपिलवस्तु उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले जिल्लाका समग्र व्यवसायीहरुको हकहितको लागि मन्त्रीले सहयोगको गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना अयोग सदस्य सरोज खनाल, उद्योग ब्यापारसंघका बरिस्ठ उपाध्यक्ष यम बहादुर केसि, उद्योग उपाध्यक्ष नेत्र पान्डे, बाणिज्य उपाध्यक्ष शंकर भाट छेत्री, महिला उपाध्यक्ष गिता पौडेल, खुला उपाध्यक्ष हेमनाथ पौडेल, नेपाल उद्योग ब्यापार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य रेवता पौडेल, मनोज नेपाली, भरत पोख्रेल, कृष्ण कलवार, सल्लाहकार, अर्जुन सापकोटा, नारायण पान्डे, कोषाध्यक्ष शालिकराम आचार्य लगायत संघका दाधिकारीको उपस्थिती रहेको थियो ।

कर्याक्रम संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षता तथा महासचिव बासुवदेव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *