जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य सघंले आज एक कार्यक्रमकाबिच हालै ईलाका प्रहरी कार्यालय पिपरामा आएका लोकेन्द्र बहादुर जिसिलाई एक कार्यक्रमकाबिच स्वागत गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंको आफनै भवन चार नम्बर जितपुरमा एक कार्यक्रमकाबिच प्रहरी निरिक्षक जिसिलाई स्वागत गरेको हो ।
सो अवसरमा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले प्रहरी प्रशासनसगं सहकार्य गर्दै ब्यवसायिक हितमा काम गर्ने बताएका छन । सघंको बजार क्षेत्रभित्र अवैध तरिकाबाट हुने कालोबजारीलाई रोक्न सबैको साथ आवश्यक रहेको बताउदैँ सघंको तर्फबाट प्रहरी प्रशासनलाई सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख जिसिले यस क्षेत्रका ब्यवसायीको हकहितका लागी सघंले गरेको कामबारे आफुले पनि सुनेको बताउदैँ आफनो कार्यकालमा सहकार्य र सम्वन्य गरेर आफु अगाडी बढने बताए ।
कार्यक्रममा कपिलवस्तु उद्यो बाणिज्य सघंका निबर्तमान अध्यक्ष डोलकराम घिमिरे, पुर्व अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल, महासचिव नवदत्त घिमिरे लगायतले आआफनो धारणा समेत राखेका थिए ।


