कपिलवस्तु उद्योग बाणिज्य संघ र कृषि उद्यम केन्द्रका सदस्यहरु बिच अन्तरक्रिया

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । लघु तथा मझौला उद्यमी प्रर्वद्धनका लागि कपिलवस्तु उद्योग बाणिज्य संघ र कृषि उद्यम केन्द्रका सदस्यहरु बिच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आइतबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कृषि उद्यम केन्द्रका केन्द्रिय उपसभापति राज कुमार कार्कीले नेपाल कृषि प्रधान देश भएपनि वर्षेनी तरकारी मात्र अरबौ रुपैयाको आयात बाध्यता गर्नुपर्ने रहेको बताउनुभयो । आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास अनिवार्य रहेको भन्दै अब कृषिमा आधुनिकीकरण र व्यवसायिकरण गर्न आवश्यक रहेको बताउनुभयो । उद्योग बाणिज्य महासंघ नेपालका केन्द्रिय सदस्य समेत रहनुभएका कार्कीले व्यवसायीहरु एकजुट भएर तिनै तहका सरकारलाई दबाब सृजना गर्न आवश्यक रहेको बताउनुभयो ।

No description available.

त्यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले कपिलवस्तुमा खुला सिमानाका लगायत विभिन्न कारणले व्यवसायीहरु मारमा परिरहेको बताउनुभयो । विगतदेखि नै जिल्लाका उद्योगी व्यवसायीहरुको पक्षमा कपिलवस्तु उद्योग बाणिज्य संघले काम गरेको भन्दै अन्य संघसंस्था सङ्ग सहकार्य गर्न पाए अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कृषि उद्यम केन्द्रका केन्द्रिय सदस्य मनोज चापागाईंले आफुहरुको उद्देश्य नै साना तथा मझौला उद्यमीहरुको प्रवर्द्धन गर्ने भएकाले देशभर आफुहरु त्यसमा सक्रिय साथ लागेको बताउनुभयो । स्थानीय स्तरमा रहेका समस्यालाई उद्योग बाणिज्य संघ जस्ता व्यवसायीको पक्षमा काम गर्ने संघसंस्थाले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।
संघका प्रतिनिधि, कृषि उद्यम केन्द्रका पदाधिकारी लगायतको उपस्थिती रहेको कर्याक्रमको सञ्चालन संघका महासचिव नवदत्त घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *