कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।

दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए ।  काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुँदा उनलाई करेन्ट लागेको थियो ।  गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *