कपिलवस्तुमा एसईई परीक्षाको सम्पुर्ण तयारी पुरा, ९ हजार बढी परिक्षार्थी सहभागी हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ । भोली विहीबार विहान ८ बजेदेखि देशैभर सञ्चालन हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुले जनाएको छ ।

शिक्षा विकास तथा समन्व्य इकाइ कपिलवस्तुका शाखा अधिकृत चोपलाल बेल्वासेले जनहित अनलाइनलाई दिएको जानकारी अनुसार यस वर्ष कपिलवस्तु बाट ९ हजार बढी परिक्षार्थीहरु सहभागि हुँदै छन । साधारण तर्फ ७ हजार ९ सय ३८, ग्रेडवृद्धी तर्फ ७ सय २३ जना र प्राविधिक तर्फ ३ सय ९७ गरि कुल ९ हजार ५८ विद्यार्थी एसइइ परीक्षामा सामेल हुन लागेको बेल्वासेले बताउनुभयो ।

कपिलवस्तुमा यस वर्ष थप एउटा परीक्षा केन्द थपि ३० वटा परीक्षा केन्द्र सञ्चालन गरिने भएको छ । गत वर्ष पनि २ वटा नयाँ परीक्षा केन्द्र थप गरी २७ बाट २९ बनाइएको थियो । जिल्लामा तोकिएका ३० वटै परीक्षा केन्द्रमा परीक्षा संचालनका लागि सम्पुर्ण तयारी परा भएको शाखा अधिकृत बेल्वासेले जनहित सङ्ग बताउनुभयो ।

यता बाणगंगा नगरपालिका भित्रका १८ सय ३३ विद्यार्थी परीक्षामा सहभागि हुँदै छन । १८० जना बाहिरी पालिकाका विद्यार्थी सहित नगर भित्रका ८ परिक्षा केन्द्रमा २ हजार १३ विद्यार्थी परीक्षा दिने तयारीमा रहेको नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो । ४१ जना प्राविधिक धारका विद्यार्थीले पनि एसईई दिने तयारीमा रहेको उहाँले बताउनुभयो ।

२७ गतेसम्म सञ्चालन हुन लागेको परिक्षाको पहिलो दिन भोलि अनिवार्य अङ्ग्रेजी विषयको परिक्षा रहेको छ ।

गत वर्ष नियमित तर्फ ८ हजार ९ सय ६६, ग्रेड बृद्धी तर्फ ३ सय २२ र प्राविधिक तर्फ ४ सय २३ जना गरी कपिलवस्तुमा कुल ९ हजार ७ सय ११ विद्यार्थीले एसइइ परीक्षा दिएका थिए ।

यसैबिच राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालका अनुसार यस वर्ष देशभर बाट चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुन लागेका छन । देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *