कपिलवस्तुको तौलिहवा सहित नौ वटा जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डाै । तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज तराई मधेशका नाै वटा जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भगवानपुर, तिलोत्तमा, लुम्बिनी, भैरहवा, तौलिहवा, वीरगञ्ज, गौर, जनकपुर र मनुसमारामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियाे । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्रीकै हाराहारीमा पुगेको थियाे ।

तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातको समयमा पनि अत्यधिक गर्मी हुन थालेको छ । तराई मधेशका जिल्लासँगै मध्यपहाडका उपत्यका तथा खोँचहरूमा पनि गर्मी अत्यधिक बढेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा अर्थात् ‘लू’ बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *