कपिलवस्तुको कृष्णनगरमा एक पुरुष मृत फेला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा एक पुरुष मृत फेला परेका छन । कृष्णनगर नगरपालिका वडा नम्बर १ को सुन्डरीडाडामा सोमबार बिहान पहिचान खुल्न नसकेका एक पुरुष मृत फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

बिहान अन्दाजी ७ बजेतिर मृत भेटिएपनि पहिचान हुन नसकेपछि प्रहरीले उनको फोटो सार्वजनिक गर्दै आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ । शवलाई अहिले जिल्ला अस्पताल तौलिहवाको शव गृहमा राखीएको छ ।

वर्ण कलसाउदो, सेतो कालो कपाल, हेर्दा मधेशी मुलको जस्तो देखिने, सेतो कोठे सट र कलेजी रङको हाफ कट्टु (चड्डी) लगाएको, वर्ष अन्दाजी ५०÷५५ को पुरुष व्यक्ती, शव नजिकै निलो कालो बुट्टदार लुंगी समेत रहेको । हुलिया प्रहरीले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *