आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को सान्त्वना जित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिजमा सान्त्वना जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आयरल्यान्डलाई तीन रनले हरायो । सिरिज भने यसअघिनै आयरल्यान्डले जितेको थियो । यस नतिजासँगै आयरल्यान्ड २–१ ले विजयी भयो । नेपाल पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

रोमाञ्चक खेलमा जितमा लागि दुईं सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २१० ओभरमा सात विकेटको क्षतिमा दुई सय १० रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डेलानी ३७ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ६८ रन बनाउनुभयो ।

यस्तै मोर्गन टोपिङले अविजित ६०, ओपनर रस आडैरले ३१ र फिन ह्यान्डले २२ रन बनाउनुभयो । बलिङमा नोपलका विपिन खत्रीले तीन विकेट लिनुभयो । यस्तै नारायण जोशी, कमल ऐरी र राशिद खानले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओरभमा सात विकेटको क्षतिमा  दुई सय १३ रन बनाएको थियो । नेपालका लागि आरिफले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा अविजित ९३ रन बनाउनुभयो । यस्तै रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन जोड्नुभयो ।

बलिङमा आयरल्यान्डका लागि फिओन ह्यान्डले दुई विकेट लिनुभयो । यस्तै म्याथ्यु पोस्टर, लियम म्याकर्थी, गेराथ डेलानी र गाभिन होएले एक एक विकेट झार्नुभयो । अब दुई टोलीबिच एकदिवसीय सिरिज पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *