आयरल्यान्डलाई नेपालले ६ विकेटले हरायो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । आयरल्यान्डसँगको पहिलो टी-२० मा नेपालले ६ विकेटको प्रभावशाली जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १६.१ ओभरमा सहजै पूरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले २० र आसिफ शेखले १६ रन बनाए।

आयरल्यान्डका लागि गेराथ डेलानीले दुई, बेन ह्वाइट र थोमेस मायसले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको आयरल्यान्डले सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। आयरल्यान्डका लागि स्टेफन डोहेनीले ४६ रन बनाए। उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, लियाम म्याकर्थी र थोमस मायसले १६-१६ तथा फियोन ह्यान्डले ११ रन बनाए। आयरल्यान्डका अन्य खेलाडी टिकेनन्। उनीहरूले दोहोरो अंकमा रन जोड्न पनि सकेनन्।

नेपालका लागि ललित राजव‌ंशी, गुल्सन झा र कुशल भुर्तेलले दुई-दुई, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।

आजको खेलमा कुशल भुर्तेले प्लेयर अफ द म्याच भए। उनले ३७ रन बनाउनुका साथै दुई विकेट पनि लिएका थिए।

नेपाल र आयरल्यान्डबीच दोस्रो टी-२० खेल मंगलबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *