आगलागीमा परी ६ वर्षीय बालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गुल्मी।
गुल्मीमा आगलागीमा परेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–१ नयाँगाउँ निवासी छ वर्षका विबेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।


शुक्रबावर दिउँसो मनि नेपालीको जस्ताले छाएको २ तले कच्ची गोठमा आगलागी भएको थियो । गोठको माथिल्लो तलामा रहेको खरको थुप्रोमा मनि नेपालीको छोरी ९ वर्षकी अस्मि नेपाली र ६ वर्षको छोरा बिवेक नेपाली खेल्ने क्रममा दिदिसंग लाइटर लिगेर खरको थुप्रोमा आगोलगाई बाहिर आउन नसकि खरको थुप्रोमा पुर्ण रुपमा जली घोप्टो अवस्थामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गङगाबहादुर सारुले जानकारी दिए ।


मृतक नेपालीको दिदी बाहिर भागी हार गुहार मागेको प्रहरीले जनाएको छ । आगो अहिले पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *