अर्घाखाँचीको भूमिकास्थानमा आगोमा जलेर एक बालिकाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा आगोमा जलेर एक बालिकाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिकाको असुरकोटमा सोमबार दिउँसो कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए ।

आगलागीमा २ घर र २ गोठ जलेर नष्ट भएका छन्। घरमा लागेको आगलागीमा परेर बालिकाको शब डढेको अबस्थामा भेटिएको थियो। हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिका भित्रै आगोले जलेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

आगलागीमा खिमबहादुर बिक र बारबहादुर बिकका २ घर र २ गोठ गरि ४ घरगोठ समेत जलेर नष्ट भएका छन्। आगलागीको कारण र क्षतिको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डीएसपी राठोरको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *