अभिनेत्री थिन्ले लोकार्नो चलचित्र महोत्सवमा अवार्ड जित्न सफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ ।   मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’ को ७७ औँ संस्करणमा अवार्ड जित्न सफल भएको छ । ‘शाम्बाला’ चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार अर्थात् अवार्ड प्राप्त गरेकी छन् ।

यूरोपभरका फिल्म समीक्षकले उत्कृष्ट अभिनय गर्ने कुनै एक कलाकारलाई यो अवार्ड प्रदान गर्छन् । कुनै दक्षिण एशियाली कलाकारले यो क्रिटिक अवार्ड जितेको पहिलो पटक हो । अभिनेत्री ल्हामोले ‘उत्कृष्ट अभिनय प्रस्तुति’ विधामा प्राप्त अवार्ड नेपालका प्रतिभाशाली र उदीयमान कलाकारलाई प्रेरणा बनेको निर्देशक भामले बताएका छन् ।

‘यो अवार्ड नेपाली कलाकारले जित्नुुको अर्थ फिल्मको विश्वव्यापी मञ्चमा दक्षिण एसियाको बढ्दो प्रभावको उदाहरणका रुपमा लिन सकिने विश्वास लिएका छौ,‘ निर्देशक भामले भनेका छन्, ‘यो सफलता हामी नेपालका फिल्मकर्मी, हिमाली क्षेत्रका प्रेरणादायी, सवल र ऊर्जाशील महिला र विश्व समुुदायप्रति समर्पण गर्न चाहन्छौं ।’

चलचित्रले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गरेको छ । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमान्ले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथालाई निर्देशक भामले लेखक अविनाश विक्रम शाहसँग मिलेर लेखेका हुन् । यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *