१५औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी पुरा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाणगंगा । १५ औं कपिलवस्तु महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको सम्पूर्ण तयारीको पुरा भएको र अन्य सौन्दर्यीकरणको काम जारी रहेको महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । महोत्सवलाई नयाँपन दिने गरि तयारी सम्पन्न भएको काम भईरहेको बताउँदै उनले भने, ‘अहिले समग्रमा तयारीको काम पुरा भयो । अहिले सजावटका काम भईरहेका छन् ।

उनले कम्पाण्ड, स्टल, सचिवालय, बालउद्यान, प्रवेशद्धार, स्टेज, खानेपानी, पार्किङ स्थल निर्माणको काम सम्पन्न भएको बताए ।
उनले महोत्सवको उद्घाटन बुधबार दिउँसो १२ बजे नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने कार्यतालिका रहेको बताए । यस क्षेत्रको कला, सँस्कृति झल्कने विभिन्न झाँकीसहित महोत्सवको भव्य रुपमा उद्घाटन गरिने उनले बताए ।

 

अध्यक्ष क्षेत्रीले बुधबारदेखि सुरु हुने महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन दर्शकहरुलाई अवलोकनका लागी आह्वान समेत गरे । कपिलवस्तु महोत्सव जिल्लाकै गरिमा भएको बताउँदै उनले भने, ‘विशेषतः कपिलवस्तु जिल्लावासीलाई महोत्सव अवलोकनका लागी आह्वान गर्छ । सबै दर्शकलाई चुले निम्तो छ ।’

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गर्न लागिएको बताए । आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिमार्फत सम्पन्न भएको बताउँदै उनले भने, ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने छ ।’ उनले हरेक दिन टिकटको रङ्ग परिवर्तन हुने व्यवस्था आयोजकले मिलाएको जानकारी दिदैं यसले डान्स आईडललाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने विश्वास व्यक्त गरे । उनले सामान्य व्यक्तिका लागि टिकट ७० रुपैयाँ र विधार्थीका लागि ५० रुपैयाँ निर्धारण गरिएको जानकारी दिए ।

स्थानीय तथा घरेलु उत्पादनलाई महोत्सवले प्राथमिकता दिदै निशुल्क स्टल उपलब्ध गराउने प्रयासले सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ । उनले यो महोत्सव कृषक, उद्योगी, व्यवसायीका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने थलोका रुपमा विकास हुने बताए ।- वैखरी अनलाईन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *