स्वतन्त्र नागरिक आवाजका प्रमुख भट्टराई धरौटीमा रिहाई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । स्वतन्त्र नागरिक आवाज संस्थाका प्रमुख रिखिराम भट्टराई धरौटीमा रिहा भएका छन ।भट्टराई विद्युतीय ईलेक्ट्रोनिक कारोबार गरेको कसुरमा उनी गत माघ २७ गते मंगलबार पक्राउ परेका थिए ।

बाणगंगा ८ निवासि भट्टराई पक्राउ परेको १४ दिनपछि १५ हजार धरौटिमा रिहाई भएका हुन । उनले बाणगंगा ४ मा अवस्थित मञ्जुश्री सहकारी पीडितको बचत फिर्ता अभियानमा रहेको बताएका थिए । सोहि समयमा उनले अनुसन्धानमा रहेका कागजातहरु सार्वजनिक गरेपछि पक्राउ परेका थिए ।

सोही क्रममा ब्यक्तिगत सामाजिक संजाल फेसबुकमा बिभिन्न सामग्री पोष्ट गरेर गोपनीयता भंग गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *