चेतन विष्ट, कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुको १६ औँ क्याम्पस सभा सम्पन्न भएको छ । आज शनिवार भएको क्याम्पस सभामा क्याम्पसको शैक्षिक उन्नति, व्यवस्थापनका चुनौती र शिक्षा सुधारका योजना बारे छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि विष्णु पन्थिले पछिल्लो समय विद्यार्थीको तुलनामा विद्यालय बढि सञ्चालन हुन थालेको भन्दै उक्त समस्या प्रति गम्भिर भएर समिक्षा गर्न आवश्यक रहेको बताउनुभयो । सिद्धार्थ क्याम्पसले स्थापना कालदेखि नै शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको बताउनुभयो । क्याम्पसको शैक्षिक तथा भौतिक विकासको लागि प्रदेश बाट मिल्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पन्थिले अहिलेको सरकारले शिक्षाको क्षेत्रमा पनि विभिन्न नायँ योजनाहरु ल्याएको भन्दै त्यसको प्रभावकारिता समयले देखाउने पनि बताउनुभयो ।
त्यस्तै पुर्व राष्ट्रि सभा उपाध्यक्ष बिमला घिमिरेले क्याम्पसको विकासको लागि आफुले विगतमा सञ्चालक समिति सदस्य भएर काम गरेको स्मरण गर्दै आफू जुन ठाउमा रहेपनी सहयोग गरिरहने बताउनुभयो । क्याम्पसको जग्गा विवाद मिलाउन आफु राष्ट्रिय सभाको उपाध्यक्ष भएको समयमा पहल गरेपनि नीति नियमका कारण उक्त काम सफल पार्न नसकिएको उहाँले स्विकार गर्नुभयो । काम गर्नै लाग्दा सरकार ढलेको भन्दै अबको सरकारले काम कति उपयुक्त ढङ्ग बाट गर्छ त्यो समयले देखाउने बताउनुभयो ।
त्यस्तै बाणगङ्गा नगरपालिका प्रमुख चक्रपाणि अर्यालले आन्तरिक आम्दानीले मात्र क्यम्पसको खर्च नपुग्ने भन्दै आर्थिक व्यवस्थापन गर्न क्याम्पसले अन्तरिक नीति नियम परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । प्रमुख आर्यालले नगरपालिकाले नगरको क्षमता अनुसार क्याम्पसलाइ सहयोग गरिरहेको र त्यसलाई निरन्तरता दिने पनि प्रतिबद्धता जनाउनुभयो ।
सभामा क्याम्पस सञ्चालक समिति अध्यक्ष डम्मर शर्माले पेश गर्नुभएको २०८३ सालको क्याम्पस सभा असोज मसान्त भित्र गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो ।
त्यस्तै क्याम्पस प्रमुख वेदराम अर्यालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसमा रहेका शिक्षक तथा कर्मचारीहरुको बारेमा जानकारी गराउनु भएको थियो । क्याम्पस प्रमुख अर्यालले आर्थिक वर्ष २०८२ श्रवण १ देखि चैत्र मसान्त सम्मको आयव्यय समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख कृष्ण पौडेल, संस्थापक प्रध्यापक तथा पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, बाल मावि बैरियाका प्रधानाध्यापक टिकाराम पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद खनालको सञ्चालन तथा समिति उपाध्यक्ष रवि बहादुर कफ्लेको स्वागत रहेको थियो । कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, शिक्षक, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

