रौतहटमा १४ बर्षिय बालकको हत्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रौतहट । रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाबाट बरामद भएको छ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना बालकको हत्यागरी फालिएको अवस्थामा शव फेला परेको हो।

पछिल्लो ५ दिन देखि हराईरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको छोरा बर्ष १४ को कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्कीले बताएका छन्।

डिएसपी कार्की सहितको टोली अनुसन्धानको लागि घटनास्थलमा खटिएको छ। बरामद शवको प्रकृती हेर्दा कर्तव्य गरि हत्या गरिएको जस्तो देखिएको डिएसपी कार्कीले जानकारी दिएका छन्। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डिएसपी कार्कीले बताएका छन्।

शवमा किरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ।

गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाईकल चढेर निस्केका थिए । त्यसको ३ दिनसम्म बालक घरमा फिर्ता नआउँदा गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जेष्ठ नागरिक महिला तथा वालवालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाईकल हाल सम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *