रास्वपा लुम्बिनी प्रदेशको प्रदेश स्तरिय बन्द शिविर सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

असार २८ कपिलवस्तु ।

राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बनी प्रदेशको प्रदेश स्तरीय बन्द प्रशिक्षण कार्यक्रम सुरू भएको छ। हिजोबाट दुई दिने बन्द प्रशिक्षण (शिविर) दाङको लमहीमा सुरू भएको हो । उक्त प्रशिक्षण आज शनिवार सम्पन्न हुने सा्रेतले जनाएको छ । ।

मुलुकको समसामयिक परिस्थिति , राजनितिक प्रतिशोध र पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, पार्टीका आन्तरीक गतिविधि लगाएतका विविध बिषय वस्तुमा छलफलहुने जनाईएको छ । उक्त आयोजित शिविरमा २० जना प्रदेश स्तरीय पदाधिकारी तथा केन्द्रीय नेताहरूको सहभागिता रहेको छ।

प्रशिक्षण विभाग लुम्बिनी प्रदेशको आयोजनामा सुरू भएको शिविरमा उद्घाटन समारोह प्रदेश सभापति देवराज पाठकको सभापतित्व, केन्द्रीय सहमहामन्त्री र प्रशिक्षण विभाग प्रमुख तथा प्रदेश इन्चार्ज विपिन कुमार आचार्यको विशेष उपस्थितिमा सञ्चालन भएको लुम्बिनी प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेलले जानकारी दिनुभयो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *