रास्वपा केन्द्रीय सदस्यमा कपिलवस्तुका न्यौपानेको दाबी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को असार ७, ८ र ९ गते चितवनमा हुने महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदका लागि बाणगंगाका ज्ञानहरी न्यौपाने (रामु)  ले  उम्मेदवारी दिने घोषणा गरेका छन । ।

बाणगङ्गा निवासी न्यौपाने सफल व्यवसायीका रूपमा परिचित छन्। व्यवसायिक क्षेत्रबाट प्राप्त अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्दै उनले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिको पक्षमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताएका छन्।

कपिलवस्तुका विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय न्यौपानेको उम्मेदवारीलाई जिल्लाका पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले सकारात्मक रूपमा लिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *