म्याग्दीमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालकसमेत दुई जनाको मृत्यु भएको छ ।

खोप्राबाट झरेका तीन जना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल खस्दा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजाको मृत्यु भएको हो ।

स्थानीय वडासदस्य पूर्णबहादुर पाइजाका अनुसार पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट असई बलबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेकोले प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *