ब्राइट लुम्बिनीमा भोलि जापानीज कम्पनीका पदाधिकारी सङ्ग अन्तरक्रिया हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । उच्च शिक्षा लगायत विभिन्न उद्देश्यको लागि जापान जान खोज्नेहरुलाई मध्यनजर गर्दै कपिलवस्तुको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनले भोलि बुधवार सेमिनार तथा अन्तरक्रिया गर्ने भएको छ । फुड एण्ड रेस्टुरेन्ट सम्बन्धित जापानी कम्पनीका पदाधिकारीहरु सङ्ग संस्थाकै हलमा अन्तरक्रिया गर्न लागेको संस्थाका प्रमुख असिम कडेल क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।


जापानका विभिन्न कम्पनी तथा विश्वविद्यालयहरुको बारेमा बुझ्न इच्छुक विद्यार्थीहरु यस सेमिनारमा सहभागि हुन सक्ने उहाँले बताउनुभयो । सहभागि हुनको लागि कुनै शुल्क नरहेको पनि संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *