कपिलवस्तुको यसोधरामा खोलामा डुबेर बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको यसोधरा गाउँपालिका–५ बैदौलीमा स्थानीय मोहम्मद मुसलमानका ७ वर्षीय छोरा मोहम्मद उमर मुसलमानको मर्सैया खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको हो। डुबेर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए।
बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारमा सात हजार रुख काटिने, सत्तरी हजार रोपिने
बुटवल । बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारका क्रममा सात हजार रुख काटिने भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका अनुसार सडक विस्तारका क्रममा रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने जङ्गलमा रहेका करिब सात हजार रुख काट्न वन विभागसँग अनुमति मागिएको छ । यसै गरी सात हजार रुख काटिँदा ७० हजार रुखका बिरुवा रोपिने छ । आयोजनाका प्रमुख होमबहादुर […]
अखिल क्रान्तिकारी कपिलवस्तुमा नयाँ कमिटी, अध्यक्षमा गन्धर्व

कपिलवस्तु । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुको २१ औं जिल्ला सम्मेलनबाट मधुसुदन गन्धर्व अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार तौलिहवामा सम्पन्न सम्मेलनले संगठनलाई नयाँ ऊर्जा र दिशा दिनको लागि गन्धर्वको नेतृत्वलाई सर्वसम्मत रूपमा चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा पुस्पा न्यौपाने, सरिता बिक, र कमलेश पासवानमा चयन भएका छन् भने गोरखनाथ यादव सचिवको […]
भ्रष्टाचार नियन्त्रण गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : मुख्यन्त्री आचार्य

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ दाङ शाखाको मङ्गलवार घोराहीमा आयोजना गरेको ‘मिडिया मन्थन’ पुस्तकको विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले त्यसका लागि सञ्चार क्षेत्रले तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गर्नुपर्ने […]
ब्राइट लुम्बिनीमा भोलि जापानीज कम्पनीका पदाधिकारी सङ्ग अन्तरक्रिया हुँदै

जनहित अनलाइन, कपिलवस्तु । उच्च शिक्षा लगायत विभिन्न उद्देश्यको लागि जापान जान खोज्नेहरुलाई मध्यनजर गर्दै कपिलवस्तुको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनले भोलि बुधवार सेमिनार तथा अन्तरक्रिया गर्ने भएको छ । फुड एण्ड रेस्टुरेन्ट सम्बन्धित जापानी कम्पनीका पदाधिकारीहरु सङ्ग संस्थाकै हलमा अन्तरक्रिया गर्न लागेको संस्थाका प्रमुख असिम कडेल क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो । जापानका विभिन्न कम्पनी […]