जनहित अनलाइन, कपिलवस्तु ।
ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले दोस्रो चरणको उत्पादन क्षेत्र तर्फ भएको कोरियन भाषाको परिक्षामा शत प्रतिशत अङ्क ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्रदेशमै उत्कृष्ट सेन्टरले सोमबार एक कार्यक्रमका बिच शत प्रतिशत अङ्क ल्याउने ५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको संस्थाका प्रमुख असिम कडँेल क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
शत प्रतिशत अङ्क ल्याउने मनोज भट्टराई, उदय तिवारी, सुमन घिमिरे, भोजराज आचार्य, चञ्चल साहि गरि पाँच जनालाई खादा ओडाएर सम्मान गरिएको प्रमुख कडेलले बताउनुभयो । विद्यार्थीहरुलई सफलताको शुभकामना दिदै अब आउने स्किल टेस्टमा उत्कृष्ट नतिजा ल्याउनेमा विश्वस्त रहेको भन्दै शुभकामना दिनुभयो ।
लुम्बिनी लर्नीङ्ग सेन्टरको नाम बाट स्थापित ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनलाई पछिल्लो समय पुर्ण रुपमा विद्यार्थीहरुको आवश्यक्ता र चाहाना बमोजिम लगिएको उहाँले बताउनुभयो ।
त्यस्तै यता विद्यार्थीहरुले उक्त नतिजा ल्याउन सहयोग गरेको भन्दै संस्थालाई धन्यावाद दिदै विदेश बाट कमाएको सिप र अर्थलाई भविष्यमा देशमै लगानी गर्ने बताएका छन ।


