पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक प्रहरी नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको छ । ओली र लेखकलाई प्रहरीले आ-आफ्नै निवासबाट पक्राउ गरेको हाे ।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनसँगै सरकारले तत्कालीन राजनीतिक नेतृत्वलाई चाँडै नै कारबाहीको दायरामा ल्याउने गृहकार्य थालेको थियाे ।

बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको सिफारिस तत्काल लागू गर्ने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।

ओली र लेखक पक्राउ गरेसँगै गृहमन्त्री सुधन गुरूङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *