नवलपरासीमा ६ सय बोरा चिनीसहित दुई जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

परासी । पश्चिमनवलपरासीमा भन्सार छलेर ल्याएको गरेको ६ सय बोरा चिनीसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।बर्दघाट नगरपालिका ,२ चिसापानीमा भैरहवाबाट काठमाडौ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक खानतलासी गर्दा अवैध सामान बरामद भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेका अनुसार बरामद भएको सामानको बजार मुल्य ६८ लाख रुपैयाँ रहेको छ । चिनी, मोबाइलका समान सहित ७ प्रकारको समान बरामद भएको छ ।

पक्राउ गरिएका ब्यक्ति र सामानलाई आवस्यक कारबाहीका लागि महेसपुर भन्सार पठाइएको छ । बिलबिजकमा उल्लेख भएको भन्दा फरक सामान ल्याइएको थियो । यो सामान कहाँ र कसरी जाँदै थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *