जनहित अनलाइन, बाणगंगा । चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ । कपिलवस्तुको बाणगङ्गा १ बुङ्चीमा रहेको सिद्धार्थ क्याम्पसमा गत स्ववियु निर्वाचनमा अनेरास्ववियु बाट सचिबमा विजयी पशुपति गिरी र नेवि सघं बाट कोषाध्यक्षमा विजयी मनोज न्यौपाने चैत्र ५ मा हुने निर्वाचनमा प्रतिपक्षमा होमिएका छन । अखिल संयुक्त ४ दलीय गठबन्धनबाट पशुपति गिरी र नेपाल विद्यार्थी संघ बाट मनोज न्यौपाने सभापतिमा होमिएका हुन ।
बाहिरी माहोल हेर्दा विद्यार्थीहरू दुवैको पक्षमा बराबरी देखिन्छन । गिरी भने गठबन्धन रहेकोले आफूले जित्ने बताउँछन । ४ दलीय गठबन्धन संग नेवि संघ कम्जोर बन्नेहो कि भन्ने आँकलन पनि छ तर यता न्यौपाने भने आफ्नो तयारी बलियो रहेको भन्दै सबै विद्यार्थी सँग आफू परिचित रहेकोले जित सुनिश्चित रहेको बताउँछन ।
नेवि संघ एक्लै रहदा यता एमाले निकट (अनेरास्ववियु), माओवादी केन्द्र निकट (अनेरास्ववियू क्रान्तिकारी), एकीकृत समाजवादी निकट (अनेरास्ववियू) र नेकपा निकट (अखिल समाजवादी) बीच चुनावी तालमेल गरी संयुक्त उम्मेदवारी दर्ता गराएका हुन ।
अखिल संयुक्त प्यानलबाट सचिवमा अर्चना आचार्य, कोषाध्यक्षमा प्रतीक्षा नेपाली सदस्यहरुमा पुस्कर मरासिनी, दिपा थारु, पशुपति यादव, आशा खत्री, सिता पाण्डे, प्रमिला थारु र नविन आचार्य उम्मेदवार छन् भने यता नेवि सघं बाट सचीवमा अरुण थारु कोषाध्यक्षमा अनु चौधरी, सदस्यहरुमा ममता अधिकारी , निशा थारु, विशाल पाण्डे, अम्बिका पौडेल, आसुतोष गुप्ता, विवेक खनाल र रिचा ज्ञवालीले उम्मेदवार दिएका छन् ।


