गत निर्वाचनमा विजयी सचिव र कोषाध्यक्ष -सभापतिमा प्रतिद्वन्द्वी : कसले मार्ला बाजी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, बाणगंगा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै छ ।  कपिलवस्तुको बाणगङ्गा १ बुङ्चीमा रहेको सिद्धार्थ क्याम्पसमा गत स्ववियु निर्वाचनमा अनेरास्ववियु बाट सचिबमा विजयी पशुपति गिरी र   नेवि  सघं बाट कोषाध्यक्षमा विजयी मनोज न्यौपाने चैत्र ५ मा हुने निर्वाचनमा प्रतिपक्षमा होमिएका छन । अखिल संयुक्त  ४ दलीय गठबन्धनबाट पशुपति गिरी र नेपाल विद्यार्थी  संघ बाट मनोज न्यौपाने सभापतिमा होमिएका हुन । 


बाहिरी माहोल हेर्दा विद्यार्थीहरू दुवैको पक्षमा बराबरी देखिन्छन ।  गिरी भने गठबन्धन रहेकोले आफूले जित्ने बताउँछन । ४ दलीय गठबन्धन संग नेवि संघ कम्जोर बन्नेहो कि  भन्ने आँकलन पनि  छ तर यता न्यौपाने भने आफ्नो तयारी बलियो रहेको भन्दै सबै विद्यार्थी सँग आफू परिचित रहेकोले जित सुनिश्चित
रहेको बताउँछन ।   

नेवि संघ एक्लै रहदा यता एमाले निकट (अनेरास्ववियु), माओवादी केन्द्र निकट (अनेरास्ववियू क्रान्तिकारी), एकीकृत समाजवादी निकट (अनेरास्ववियू) र नेकपा निकट (अखिल समाजवादी) बीच चुनावी तालमेल गरी संयुक्त उम्मेदवारी दर्ता गराएका हुन ।


अखिल संयुक्त प्यानलबाट सचिवमा अर्चना आचार्य, कोषाध्यक्षमा प्रतीक्षा नेपाली 
सदस्यहरुमा पुस्कर मरासिनी, दिपा थारु, पशुपति यादव, आशा खत्री, सिता पाण्डे, प्रमिला थारुनविन आचार्य उम्मेदवार छन् भने यता नेवि सघं बाट सचीवमा अरुण थारु  कोषाध्यक्षमा अनु चौधरी, सदस्यहरुमा ममता अधिकारी , निशा थारु, विशाल पाण्डे, अम्बिका पौडेल, आसुतोष गुप्ता, विवेक खनाल र रिचा ज्ञवालीले उम्मेदवार दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *