किशोरीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
लमही  । फुटबल मैदानमा दिउँसै किशोरीमाथि सामुहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाँउ स्थित जंगलमा १४ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको उनीहरुमाथि आरोप छ । पिडितले आफुलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुबाट खटिएको प्रहरीले आज उनीहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिए ।
उनका अनुसार जवरजस्ती करणीको घट्ना पुस १३ गते दिउँसो ४ बजेतिरको हो । आरोपीहरुले पीडित बालिकालाई ललाई फकाई स्कुटीमा बसालेर टरिगाँउ फुटबल मैदानको अगाडि लगेका थिए । लगत्तै सोही मैदानमा आएका तीन जना व्यक्तिहरूले बालिकालाई चारैतिरबाट घेरा हालेर आरोपी मध्येका एकजनाले सल्लाह छ, भन्दै केही परको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए ।
त्यसपछि अर्का एक जना आरोपीले पिडित किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिए। लगत्तै संगै रहेका अन्य दुई जनाले जबरजस्ती करणीको कार्यमा पुर्ण सहयोग गरेका थिए । प्रहरीले घटनामा संलग्न तीन जना व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । अनुसन्धान भैरहेकाले आरोपीहरुको परिचय भने खुलाइएको छैन् । घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *