अनन्तको ज्ञान मञ्जरी र दिलिप कार्कीका कविताहरू नामक दुई कृति विमोचन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सागर बेल्बासे कपिलवस्तु । बाल माध्यमिक विद्यालय प्रकाशक रहि यश क्षेत्र का साहित्यकार अनन्तराज रेग्मीको अनन्त ज्ञान मञ्जरी कविता सङ्ग्रह एवम् बाणगङ्गा सामुदायिक पुस्तकालय प्रकाशक रहि संस्थाका अध्यक्ष कवि दिलिप कार्कीको रचनामा दिलिप कार्कीका कविताहरू कविता सङ्ग्रह एकसाथ विमोचन भएका छन ।

भाषा,साहित्य,धर्म र आध्यात्मिक हिसाबले फरक परिचय भएको कपिलवस्तु मा विभिन्न क्षेत्र बाट प्राप्त भएका आआफ्ना अनुभव र अनुभूति लाई कृतिकै रुपमा स्थापित गराउनु नेपाली भाषा ,साहित्य, शृजनसिलता र वाङ्मय को संस्थागत विकास सँगै समग्र कपिलवस्तु ले गौरव प्राप्त गर्नु हो। आजको समारोहमा विमोचन भएका दुवै कविता सङ्ग्रह को सङ्क्षिप्त समीक्षा गर्दै शैक्षिक व्यक्तित्व ज्ञानराज अर्यालले रचनाकार कविहरू प्रति बधाई सहित धन्यवाद दिँदै सबैमा सिर्जनशीलताको विकासको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम मा प्रमुख अतिथि रिता कुमारी चौधरीले दुबै रचनाकार का कृतिमा प्रकाशित एक एक कविता वाचन सहित लेखक को परिचय गराउँदै कृति लोकार्पण गराउनु भएको थियो ईन्टरनेट र विभिन्न सामाजिक संजाल को विकासले संसार का हरेक क्षेत्र लाई बुझ्न सहज भएपनि पुस्तक र पुस्तकालय को महत्त्वलाई स्थापित राखिरहन २०७३ सालमा बाणगङ्गा सामुदायिक पुस्तकालय स्थापना गरि नियमित रुपमा यश क्षेत्र का पुस्तक प्रेमी पाठकहरूलाई सेवा प्रदान गर्दै नवौँ स्थापना दिवस एवंम आठौ वार्षिक साधारणसभा, सरस्वती पुजा, स्रस्टा सम्मान तथा कृति विमोचन सहितको भव्य कार्यक्रम हिजो सम्पन्न भएको छ। वसन्त पञ्चमी को शुभ दिनमा स्थापना भएका कारण हरेक बर्स सरस्वती पुजा को दिन बार्सिक उत्सव भब्य रुपमा मनाइदै आइएको छ।

कार्यक्रम संस्थाका उपाध्यक्ष दोलख बहादुर पछाइको सभापतित्व, नगर उप प्रमुख रिता कुमारी चौधरी को प्रमुख आतिथ्यता मा दीप प्रज्वलन सहित सरस्वती माताको पुजा आराधना सहित उद्‌घाटन गरि संस्थाका संरक्षक मंडल संयोजक ऋषिकेशव भारद्वाज को स्वागत मन्तव्य सहित विभिन्न साहित्यकारका रचना वाचन र शुभकामना मन्तव्य सहित सम्पन्न भएको छ।

कार्यक्रम मा विशिष्ट अतिथि नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि सि, नगर प्रज्ञा प्रतिष्ठान का सुर्य प्रसाद भुसाल, शैक्षिक एवम् हास्य कलाकार जगतराज रेग्मी, बाल मा बि का भूतपूर्व एवम् वर्तमान प्रधानाध्यापक क्रमशः अर्जुन शाही र टिकाराम अर्याल, नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल ,समाजसेवी युवराज के सि, सफल युवा ब्यबसायी रोटरी ज्ञानहरि न्यौपाने ९रामु०बरिस्ठ समाजसेवी एबम पुस्तकालय क लागि निशुल्क भवन दाता शागरप्रसाद श्रेष्ठ,वडा नम्बर १ कि महिला जनप्रतिनिधि नेत्री टोपकला बि सि लगायत को उपस्तिथि रहेको थियो।

बार्सिक साधारणसभा समेतको कार्यक्रम रहेकाले कार्यक्रममा संस्थाको प्रगतिप्रतिवेदन संस्थाका सचिब बुद्दिसागर बेल्बासे ले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष को आर्थिक प्रतिवेदन संस्थाकी सह सचिब उमा बेल्बासे९बिद्या०र लेखा संयोजक धर्मराज घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरि सबै प्रतिवेदन सर्वसम्मत अनुमोदित भएका छन।

हरेक बार्सिक उत्सव मा २ जना स्रस्टा सम्मान का लागि शैक्षिक ब्याक्तित्व बासुदेव घिमिरेले ले स्थापना गरेको काव्य साधक साहित्य रत्न पुरस्कार बाट यसै क्षेत्र का कवि ज्वतिस कृष्ण प्रसाद पाण्डे र आत्मराम आचार्य लाई दोसल्ला प्रमाणपत्र सहित यो बर्सको साहित्य रत्न सम्मान प्रदान गरिएको छ।त्यसै गरि संस्थाको स्थापना कालदेखी संस्थालाइ निशुल्क हांक साप्ताहिक पत्रीका उपलब्ध गराइ सहयोग पुराउनुभएका संचारकर्मी बाणगङ्गा १ निवासी हिमलाल वाग्ले लाई समेत संस्थाले प्रमाणपत्र सहित संमान प्रदान गरेको छ।

कार्यक्रम मा सम्मानित स्रस्टाको तर्फबाट ज्वस् पाण्डे ,आज बिमोचित कृतिका लेखक द्वय कार्की र रेग्मी,डिल्लिराम शर्मा भट्टराई ,जानका पन्थी,युवराज के सि,टिकाराम पौडेल ,उमा बेल्बासे,लेखनाथ घिमिरे,अर्जुन पोख्रेल ,जगतराज रेग्मी लगायत ले संस्थाको प्रगतिको कामाना सहित आआफ्ना शुभकामना मन्तव्य,कला र रचनाहरु प्रस्तुत गर्नुभएको थियो।आजको समारोहमै सामाजिक ब्याक्ती एवम् संस्थाका आजिवन सदस्य धातानन्द भुसालले रु ५०००र बराबर का पुस्तक समेत हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रम मा बोल्दै कार्यक्रम का प्रमुख अतिथि नगर उप प्रमुख रिता कुमारी चौधरीले राज्यले गर्नुपर्ने काम संस्थामा विभिन्न व्यक्तित्व बाट भएका सहयोगमा संस्था को भवनका लागि जग्गा ब्यबस्थापन हुन सकेमा भवन निर्माणका लागि स्थानीय सरकार को तर्फबाट पुर्ण सहयोग उपलब्ध गराउन सहयोग पुराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमको संचालन संस्थाका सचिब बुद्दिसागर बेल्बासेले पुस्तक,पुस्तकालय र सरस्वती पुजा सम्बन्धि साहित्यिक रचना वाचन सहित गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *