सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा कपिलवस्तुवासीको औषधी उपचार अब निःशुल्क

बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा अवस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा अब जिल्लावासीको औषधी उपचार निशुल्क रुपमा हुने भएको छ । बुद्धभूमि नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठको विशेष पहलमा जिल्ला १० वटै पालिकाहरुले औषधी उपचार गर्दा आफ्ना पालिकावासीको उपचार खर्च भुक्तानी गर्ने व्यवस्था मिलाईएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले जानकारी दिए । नगरप्रमुख केशवकुमार […]

ज्वाइँले गरे जेठी सासुको हत्या

इलाम ।  इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन् । हिजो बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी […]

शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते हुनुभएको छ । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उहाँले […]

शिक्षक र सरकारबीच आज बिहान निर्णायक वार्ता

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकबीच आज ९शनिबार० बिहान निर्णायक वार्ता हुँदैछ। वार्ता ७स्३० बजेका लागि तय भएको शिक्षा मन्त्रालयले जनाएको छ। शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरुलाई शनिबार बिहान वार्ताका लागि बोलाइएको जानकारी दिएका छन्। शिक्षा मन्त्रालयले हिजै शिक्षकहरुसँग वार्ता तय गरेको थियो। तर, वार्ताको लागि सिंहदरबार गेटमा पुगेका शिक्षक […]

तराईका केही ठाउँमा आज पनि तातो लहर चल्ने, भोलि बेलुकीदेखि पानी पर्ने सम्भावना

काठमाण्डौ । आज पनि मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो लहर अर्थात हिट वेभको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर तातो लहरको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ । केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी देखिएको र आज पनि अत्यधिक गर्मी […]

‘बिदा कटौती गरेर पठनपाठनमा परेको असर भर्पाई गरिने’

काठमाडौँ, । विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित काठमाडौँमा आन्दोलनरत देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूले पठनपाठनमा पुगेको क्षतिको जसरी पनि पूर्ति गर्ने बताएका छन् । काठमाडौँको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा २४ दिनदेखि सडक सङ्घर्ष गरेका शिक्षकहरू विद्यार्थीमा पर्न गएको मारप्रति चिन्तित देखिएका हुन् । उनीहरूले विद्यार्थीको पठनपाठनमा पर्न गएको असर र त्यसको क्षतिपूर्ति गर्ने कार्य योजना बनाएका […]

आगलागीमा परी ६ वर्षीय बालकको मृत्यु

गुल्मी। गुल्मीमा आगलागीमा परेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–१ नयाँगाउँ निवासी छ वर्षका विबेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। शुक्रबावर दिउँसो मनि नेपालीको जस्ताले छाएको २ तले कच्ची गोठमा आगलागी भएको थियो । गोठको माथिल्लो तलामा रहेको खरको थुप्रोमा मनि नेपालीको छोरी ९ वर्षकी अस्मि […]

चितुवाको आक्रमणबाट चार जना घाइते

नवलपरासी ।  चितुवाको आक्रमणबाट नवलपरासी पश्चिमका चार जना घाइते भएका छन् । शुक्रबार बिहान चितुवाको आक्रमणबाट प्रतापपुर र सुस्ता गाउँपालिकाका स्थानीयहरू घाइते भएका हुन् । सुरुमा चितुवाले प्रतापपुर गाउँपालिका–६ का ३६ वर्षीय रघुवीर केवटलाई आक्रमण गरेको थियो । पुल नजिकै काम गरिरहेका केवटलाई आक्रमण गरेपछि अन्य दुई स्थानका थप तीन जनालाई आक्रमण गरेको जिल्ला प्रहरी […]

लुम्बिनी प्रदेशका ६६ प्रहरी एकाइ भाडाकै भवनमा

तुलसीपुर ।  लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा रहेका तीन सय २२ प्रहरी एकाइमध्ये ६६ वटा एकाइ भने अझै भाडाबाटै सेवा दिइरहेका छन् । लुम्बिनी प्रदेशमा भवन र जग्गा दुवै भएका एकाइ दुई सय १७ र भवन जग्गा दुवै नभएका एक सय पाँच वटा एकाइ छन् । लुम्बिनी प्रदेशका प्रहरी कार्यालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा […]

बुटवलको भाटभटेनी बाहिरबाट ग्राहकको महत्वपूर्ण कागजात सहितको झोला चोरी (भिडियो सहित)

बुटवल । बुटवलको भाटभटेनीमा किनमेल गर्न गएका एकजना ग्राहकको झोला चोरी भएको छ । भाटभटेनी बाहिर सडकको छेउमा स्कुटरमा झुण्डाएर राखेको महत्वपूर्ण कागजात सहितको झोला चोरी भएको हो । गत वैशाख ८ गते कपिलवस्तु घर भएकी अनु राना मध्यान्ह किनमेलका लागि भाटभटेनी नजिकै गएकी थिइन् । किनमेल सकेर अपरान्ह साढे चार बजे बाहिर निस्किएर हेर्दा […]