रुपन्देही – ३ उपनिर्वाचनमा २७ दलले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । रुपन्देही-३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको छ । पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी नाउपा […]

रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखियो

रुपन्देही । कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखी सकिएको जानकारी दिएको छ । लामिछाने रुपन्देही कारागारमा विगत चार महिनादेखि सहकारी ठगी सङ्गठित अपराध मुद्दामा थुनुवाको रूपमा रहेका छन् । कारागारका अनुसार लामिछानेलाइ प्रारम्भ देखि नै छुट्टै बन्दीगृहको अलग्गै एउटा कोठामा राखिएको हो । कारागारले उक्त […]

प्रधानमन्त्री ओली भदौ तेस्रो हप्ता चीन भ्रमणमा जाने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौ तेस्रो हप्ता चीन भ्रमणमा जानु हुने भएको छ । चीनमा हुने दुई वटा महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भदौ १४ गते भ्रमणमा जान लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८०औं वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र शाङ्घाई […]

कपिलवस्तुको शिवराज नगरपालिकाद्धारा १२ हजार सयपत्री फूलका बिरुवा वितरण

कपिलवस्तु । शिवराज नगरपालिकाले १२ हजार सयपत्री फूलका बिरुवा वितरण गरेको छ। शिवराज नगरपालिकाले पलास्टिकका माला बिक्रि बितरणमा पुर्ण निषेध गरेको छ । बातावरणीय न्यायका लागि पलाष्टिक जन्य बस्तुको प्रयोगलाई कम गर्दै अन्तमा पुर्ण निषेध गर्ने नगर प्रमुख अजय थापाले बताउनुभएको छ । नगरपालिकाले शिवराजमा व्यावसायिक फूलखेती गर्दै आएका व्यावसायिक किसान तथा नगरवासीहरूलाई सयपत्री फूलका […]

बाणगंगा मा.वि. लौगाईद्वारा कक्षा १२ को नतिजामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

जनहित अनलाइन, कपिलवस्तु ।  कपिलवस्तुको बाणगंगा मा.वि. लौगाईले कक्षा १२ को नतिजामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रमका बिच कक्षा १२ को नतिजामा उत्र्तीण विद्यार्थी सगैँ स्नातक तह प्रथम वर्षको नतिजामा ७६.८ प्रतिशत लिएर प्रदेश पाचौं र जिल्ला प्रथम हुन सफल एलिसा पोख्रेल र ७६ प्रतिशत सहित जिल्ला द्धितिय हुने पुजा गौतमलाई […]

महाराजगंजको हर्दौना बस्ती जोगाउन बाणगंगा नदीमा तटबन्ध

कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका- १० हदौना गाउँलाई सुरक्षित राख्न यस बर्ष फेरी अस्थायी तटबन्ध निर्माण गरिएको छ । यस बर्ष ठुलो बाढी नआए पछि ठाउँ ठाउँमा कटान भए पछि बाणगंगा नदी अन्तर्गत कटान गरिएको क्षेत्रमा २ सय ७६ मिटर अस्थायी तटबन्ध निर्माण गरिएको हो । गत बर्ष पनि त्यही आसपास १ सय ७० मिटर […]

रासायनिक मल वितरण गर्ने प्रस्तावसहित ३ दिनभित्र उपस्थित हुन कृषिमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको प्रभावकारी वितरण गर्ने प्रस्ट प्रस्तावसहित तीन दिनभित्र उपस्थित हुन कृषि, तथा पशुक्षी विकासमन्त्रीलाई निर्देशन दिनुभएको छ । रासायनिक मलको अभाव भएको गुनासोबारे प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा कृषिमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित मन्त्रालयका अधिकारीसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले मन्त्री र कर्मचारीको […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ५ महिनादेखि सुनसान

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएर सञ्चालनमा आइसकेपछि रुपन्देही र आसपासका नेतारअगुवा गर्वले छाती फुलाउँदैं ‘समृद्धि’को गफ दिन्थे । विमानस्थल सञ्चालनपछि जिल्लाको पर्यटन र त्यससँग सम्बन्धित व्यावसायमा कायापलट हुने उनीहरुले बताउँदै आएका थिए । तर, सञ्चालनमा आएको लामो समयसम्म अन्तर्राष्ट्रिय उडानको ठेगान नभएपछि अहिले निराशा व्यक्त गर्न थालेका छन् । पहिले विमानस्थल […]

कपिलवस्तुको मायादेवी साझेदारी बन देशमै तृतिय बन्यो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन उपभोक्ता समूह देशभरमै तेस्रो भई पुरस्कृत भएको छ । साझेदारी वनको संरक्षण, संबद्र्धन, दिगो उपयोग, बातावरण सन्तुलन तथा जैविक बिबिधता संरक्षणमा एवं गरिबी न्यूनिकरणमा उल्लेखनीय कार्य गरेकामा सामुदायिक वन दिवश २०८२ को अवसर पारेर साझेदारी वन सम्मानित भएको हो । साझेदारी वनलाई नगद २५ हजार सहित प्रमाणपत्र हस्तान्तरण […]

पाल्पाको रिब्दीकोटमा कुटपिटबाट एक जनाको मृत्यु

पाल्पा  । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पालुङमैनादीका स्थानीय झविन्द्र खाम्चाको कुटपिटबाट उनकै छिमेकी ४४ वर्षीय रामबहादुर अर्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मदिरा सेवन गरी सामान्य झगडामा भएको कुटपिटबाट घाइते भएका अर्गालीको उपचारपछि फर्केर घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी पवन […]