वैशाखदेखि अहिलेसम्म विपद्का २ हजार ८ सय ५३ वटा घटना, १ सय २६ जनाको ज्यान गयो

काठमाण्डौ । गएको वैशाखदेखि हिजो अर्थात् साउन मसान्तसम्म देशभर २ हजार ८ सय ५३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परेर १ सय २६ जनाको ज्यान गएको छ । यस्तै २३ जना बेपत्ता भएका र ५ सय ८५ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपद्का घटनामा […]
रोल्पामा जङ्गली च्याउ खाँदा दम्पतीको मृत्यु

रोल्पा। रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ। परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उहाँकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। भागिरामले मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए। सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए […]
कृष्णनगर नाका : एक वर्षमा साढे १४ अर्बको आयात, ढाई अर्बको निर्यात

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाकाबाट गत आर्थिक वर्ष २०८१र८२ मा साढे १४ अर्बभन्दा बढीको सामान आयात भएको छ भने करिब ढाई अर्ब रुपैयाँ बराबरका नेपाली वस्तु भारततर्फ निर्यात भएका छन्। भन्सार कार्यालयको तथ्याङ्कअनुसार आयातको तुलनामा निर्यात निकै न्यून देखिएको छ। कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ भट्टराईका अनुसार आर्थिक वर्ष २०८१र८२ मा कुल २ अर्ब […]
बाणगंगामा अवैध नदीजन्य पदार्थ तस्करी गर्ने तीन ट्याक्टर नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अवैध रूपमा नदीजन्य पदार्थ तस्करी गर्ने ट्याक्टरहरूलाई नियन्त्रणमा लिने अभियानलाई तीव्र पारेको छ । सोही क्रममा शुक्रबार र शनिबार दुई दिनको अवधिमा मात्रै तीन वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । नगरपालिकाको राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेका अनुसार बाणगंगा नगरपालिका–२ राजपुर क्षेत्रबाट लु ४ त ९९६० नम्बरको ट्याक्टर र वडा […]
घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७०० र चाँदीको मूल्य ५ रुपैयाँ घटेको हो । जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम […]
सप्तरीमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

काठमाण्डौ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका दम्पतीको करेन्ट लागेर ज्यान गएको छ । ज्यान गुमाउनेमा ५० वर्षीय बद्रि सरदार र उहाँकी ४५ वर्षीया श्रीमती विमला देवी सरदार रहेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार हिजो बेलुका साढे ८ बजे आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा जङ्गली जनावरबाट धानबाली जोगाउन स्थानीयले लगाएको तारबारमा करेन्ट […]
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, कृष्ण मन्दिरहरूमा भक्तजनको घुइँचो

काठमाडौँ । आज भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व। सनातन धर्मावलम्बीले आज भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ। कंसको […]
लुम्बिनीमा नियमित विद्युत् आपूर्तिको माग गर्दै ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

लुम्बिनी । भिक्षु–भिक्षुणीको संस्था लुम्बिनी बौद्ध धर्म संरक्षण समितिले लुम्बिनी विकास गुरुयोजना क्षेत्रभित्र नियमित विद्युत् आपूर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । लुम्बिनी विकास गुरुयोजनाभित्र रहेका विहार, मन्दिर, गुम्बा र चैत्यमा दैनिक लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुँदा भिक्षु–भिक्षुणीको दैनिकी कष्टकर बन्दै गएकाले समस्या समाधान गर्न ऊर्जामन्त्री दीपक खड्का र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र […]
सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक : मेयर पौडेल

अर्घाखाँची । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा तथा शीतगंगा नगरपालिकाको समन्वयमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नगरप्रमुख छबिलाल पौडेलले सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै तहका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए । उनले पारदर्शिता र जवाफदेहितामा नगरपालिका प्रतिबद्ध रहेको र यस्ता कार्यक्रमहरू […]
उच्च शिक्षाको लागि बाहिर जाने विद्यार्थीको रोजाइमा ‘स्टडी फस्ट’

जनहित अनलाइन, कपिलवस्तु । पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा जाने क्रम बढ्दो रहेको छ । गुणस्तरिय शिक्षाको खोजिमा उत्कृष्ट विश्वविद्यालय छनोट गर्दै धमाधम नेपाली विद्यार्थीहरु विभिन्न देशमा गैरहेका छन । यहि अवस्थालाई मध्यनजर गर्दै काठमाडौ बाट सेवा दिँदै आइरहेको ‘स्टडी फस्ट’ ले अब भने रुपन्देही र कपिलवस्तु बाट समेत सेवा विस्तार गर्ने भएको छ […]