रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुपन्देही । कारागार कार्यालय रुपन्देहीले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कोठाको झ्यालमा रहेको प्लाइउड हटाएर जाली राखी सकिएको जानकारी दिएको छ । लामिछाने रुपन्देही कारागारमा विगत चार महिनादेखि सहकारी ठगी सङ्गठित अपराध मुद्दामा थुनुवाको रूपमा रहेका छन् ।

कारागारका अनुसार लामिछानेलाइ प्रारम्भ देखि नै छुट्टै बन्दीगृहको अलग्गै एउटा कोठामा राखिएको हो । कारागारले उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था रहेको तथा उनलाई प्रारम्भ देखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम रहेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *