उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन : आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी

काठमाण्डौ । सरकार र उखु किसानबीच हिजो बेलुका भएको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारमा कृषि मन्त्री रामनाथ अधिकारीसहित भएको वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान सङ्घर्ष समितिका केन्द्रिय प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिनुभयो । वार्तामा कृषिमन्त्री अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गर्नुभएको थियो । तर सङ्घर्ष समितिले आन्दोलन नरोकिने बरु आन्दोलनको […]
बाँकेका ६ स्थानीय तहका पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण

नेपालगन्ज । बाँकेका ६ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा सङ्क्रमण देखिएकामा उपचार सुरु भएको बताए । उनका अनुसार सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी […]
बडकी आइतबारका दिन कपिलवस्तुका ८ पालिकामा बिदा

जनहित अनलाइन कपिलवस्तु । थारु र मधेसी समुदायले मनाउने बडकी आइतबारका दिन कपिलवस्तुका ८ पालिकाले बिदा दिएका छन्। भदौ १५ गते आइतबारका दिन बडकी आइतबारको अवसरमा जिल्लाका बाणगंगा, कपिलवस्तु, शिवराज र महाराजगंज नगरपालिका तथा मायादेवी, सुद्धोदन, यशोधरा र बिजयनगर गाउँपालिकाले बिदा दिएको हुन। पालिकाले सार्वजनिक सूचना जारी गर्दै बडकी आइतबारका दिन बिदा दिने जानकारी गराएको […]
कपिलवस्तुमा भारतीय गाडीको ठक्करबाट गम्भिर घाईते एक पुरुषको मृत्यु

कपिलवस्तु । पकडी– तौलिहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनीहवामा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिदाँ गम्भिर घाईते भएका कृषकको मृत्यु भएको छ । पकडीबाट तीब्र गतिमा रहेको युपी १२ बी जे ९९९७ नम्बरको फर्रचुनर कारले भैसी चराउन गएका स्थानीय कृषक ५५ बर्षिय राम शरण अहिरलाई भदौ ८ गते आईतवार बिहान ५ बजेतिर […]
साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु

धनगढी। कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया नदीमा बिहीबार डुबेर धनगढीका चार किशोरको ज्यान गएपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी शोकमा डुबेको छ । कक्षा ११ मा अध्ययनरत सहपाठीसँगै खुटिया नदीमा अस्ताएपछि धनगढी शोकमा डुबेको हो । गहिरो नभएको भागबाट नदीको पारि गएका उनीहरु बालुवामा खेल्दै सुख्खा खाना खाएर पारि फर्कने क्रममा गहिरो भागमा डुबेको बताइएको […]
छाउ बार्न त्रिपालमा बासेका ७ वर्षीया बालिकासहित दुईको मृत्यु, एक जना गम्भीर घाइते

अछाम । अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका-८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।मृतक […]
आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज बिहानको मापन […]
अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ । निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिंदै उहाँले यो घोषणा गर्नुभएको हो । सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएकाले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने काममा आफू […]
रवि लामिछानेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको निवेदनमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले उच्चमा दिएको निवेदनमा बुधबार न्यायाधीश सागर विष्टको इजलासले यस्तो आदेश दिएको हो । यस अघि जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न […]
रुपन्देही उपनिर्वाचनमा नेवि संघको संयोजकको जिम्मेवारी पाण्डेलाई

नेपाल विद्यार्थी संघले आगामी २०८२ साल कात्तिक १७ गते सम्पन्न हुने रुपन्देही जिल्ला प्रतिनिधि सभा उपनिर्वाचनका लागि संयोजक समितिको नेतृत्व कपिलवस्तुका सक्रिय विद्यार्थी नेता तिलकराम पाण्डे (टिआर ) लाई जिम्मेवारी प्रदान गरेको छ। संघको केन्द्रीय कार्य समिति, काठमाडौंबाट जारी पत्र मार्फत पाण्डेलाई उपनिर्वाचन सम्बन्धी विद्यार्थी संघको सम्पूर्ण समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको हो। यस समितिको […]