कपिलवस्तुमा भारतीय गाडीको ठक्करबाट गम्भिर घाईते एक पुरुषको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । पकडी– तौलिहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनीहवामा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिदाँ गम्भिर घाईते भएका कृषकको मृत्यु भएको छ ।

पकडीबाट तीब्र गतिमा रहेको युपी १२ बी जे ९९९७ नम्बरको फर्रचुनर कारले भैसी चराउन गएका स्थानीय कृषक ५५ बर्षिय राम शरण अहिरलाई भदौ ८ गते आईतवार बिहान ५ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा एउटा भैसी समेत मरेको थियो ।

गंभीर घाईते यादवलाई तत्कालै उपचारका लागि भैरहवा स्थित सिटि अस्पताल लगीएको थियो । टाउको लगायत शरीरका बिभिन्न भागका गंभीर चोट लागेका अहिरलाई थप उपचारका लागि भारतको लखनउ लादै गरेको अवस्थामा बाटोमा बुधवार राति साढे १० बजेतिर मृत्यु भएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

सो गाडी तौलिहवाका ब्यापारी अमरदीप कसौधनले चलाएको भन्दै उनी बिरुद्ध मृतक परिवारको किटानी जाहेरी समेत परेको सिंहले बताए । दुर्घटना पछि प्रहरीले सो गाडी तौलिहवाको मालटोल स्थित उनकै जग्गामा पार्किङ गरेको अवस्थामा फेला पारेको थियो । गाडी अहिले प्रहरी नियन्त्रणमा छ ।

ब्यापारी कसौधन भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको सिंहले बताए ।

ब्यापारी श्रोत अन्ुसार सो घटनामा कसौधन समेत घाईते भएको र उनको अहिले भारतमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *