आज संविधान तथा राष्ट्रिय दिवस : प्रधानमन्त्री कार्कीले सम्बोधन गर्नुहुने

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८स्३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन […]
बाणगंगा नगरपालिका: संविधान दिवसलाई एकताको पर्वको रुपमा मनाउने

कपिलवस्तु । बाणगंगा नगरपालिकाको आकस्मिक कार्यापालिका बैठक सम्पन्न भएको छ। विहिबार बसेको उक्त बैठकले जेन–जी आन्दोलनका नाममा नगर क्षेत्रमा उत्पन्न अराजक गतिविधिप्रति गहिरो दुःख प्रकट गर्दै घटनाको गम्भीर समीक्षा गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले जटिल परिस्थितिमा सबैलाई सयमित, धैर्यशील र जिम्मेवार रहँदै नगरमा शान्ति र सद्भाव कायम गर्नुपर्नेमा जोड दिएको […]
परासी कारागारबाट भागेका ५ सय ७० मध्ये १ सय ८६ जना फर्किए

नवलपरासी । नवलपरासी पश्चिमको जिल्ला कारागार परासीबाट गत भदौ २५ गते भागेका ५ सय ७० जना कैदीबन्दीमध्ये बिहीबारसम्म १ सय ८६ जना मात्र फर्किएका छन् । गत भदौ २५ गते बिहान कारागारमा हुलदङ्गा र नाराबाजी गरेर त्यहाँ रहेका सबै ५ सय ७० जना कैदीबन्दी भागेका थिए । कारागारका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार १ सय […]
वैशाखपछिका विपदका घटनाबाट २ सय ४३ जनाको ज्यान गयो

काठमाण्डौ । यस वर्ष वैशाखदेखि भदौ मसान्तसम्मको पाँच महिनामा भएका विपदका घटनाबाट दुई सय ४३ जनाको ज्यान गएको छ । यस्तै २४ जना हराइरहेका र आठ सय ६९ जना घाइते भएका राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँच महिनामा तीन हजार छ सय ८१ वटा घटनाबाट छ हजार पाँच सय ९० […]
पोर्चुगलमा आप्रवासीको आवास अनुमति खारेज, नेपाली समेत प्रभावित

काठमान्डौ । पोर्चुगलले आप्रवासीलाई दिँदै आएको आवास अनुमति खारेज गर्दै देश बाहिर जान रोक लगाएको छ । यसले दशैं मनाउन नेपाल फर्किन लागेका केही नेपाली समेत प्रभावित भएका छन् । बुधबार मात्र लिस्बन विमानस्थलमा १२ जना आप्रवासीलाई आवास अनुमति पत्रसहित यात्रा गर्न रोकिएको थियो, जसमा नेपाली पनि परेका छन् । अध्यागमन अधिकारीहरूले उनीहरूलाई सेङ्गेन भिसा […]
नेपाल–भारत सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राखिँदै

बर्दिया । सशस्त्र प्रहरी बल ३१ नम्बर गणले, बर्दियाले नेपाल–भारत सीमा नाकामा आउजाउ गर्नेको अभिलेख लिन थालेको छ । सशस्त्र प्रहरी बलले अवस्था सामान्य भएपछि नेपाल–भारत सीमा नाका खुलेपछि थप कडाई गर्दै आएको छ । भारतबाट आउने यात्रुलाई बर्दिया प्रवेश गर्ने कारण, कसलाई भेटघाट गर्ने, कहाँ जाने, कहिले फर्किने? लगायतका कारण सोधेर प्रवेशको अनुमति दिएको […]
गैंडहवामा तालमा डुवेर दुई युवाको मृत्यु

बुटवल । रुपन्देहीको गैंडहवामा तालमा डुवेर दुई युवाको मृत्यु भएको छ। पौडी खेल्ने भन्दै गैंडहवा तालमा पुगेका उनीहरुको बुधवार दिउसो डुवेर मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउंपालिका वडा नं. १ असिहवाका करिब १७/१८ वर्षका दीपेश थारु र अरुण थारु छन्। इलाका प्रहरी कार्यालय, रुद्रपुर, रुपन्देहीका प्रहरी निरीक्षक पुष्प रोकायका अनुसार बुधबार अपरान्ह […]
स्थापना दिवसको अवसरमा हाम्रो दिगो बचत तथा ऋण सहकारीको रक्तदान

कपिलवस्तु । “रगतदान जीवनदान हो” भन्ने नारासहित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ स्थापना दिवस विशेष तरिकाले मनाएको छ । सहकारीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा जम्मा ४३ पोइन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष सुरेन्द्र पाण्डे जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले सहकारी स्थापना दिवसलाई केवल उत्सवको रूपमा नभई समाजलाई योगदान दिने […]
शितगंगा १३ मा भलिबल प्रतियोगित हुँदै, प्रथमलाई २६ हजार
चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर– १३ डोडुवामा भलिबल प्रतियोगित हुने भएको छ । ओप्पन ह्याण्डस युथ क्लबको आयोजनामा शितगंगा नगरपालिका अन्तर वडास्तरीय पुरुष भलिवल प्रतियोगिता असोज ११ र १२ गते हुन लागेको क्लबका अध्यक्ष सचिन क्षेत्रीले जनहित अनलाइन सङ्ग बताउनुभयो । प्रतियोगितमा प्रथम हुने समुहलाई २६ हजार सहित ट्रफी, मेडर र […]
जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनी गर्नेलाई कडा कारबाही हुनुपर्छ: बाणगंगा नगरपालिका

कपिलवस्तु । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बाणगंगा नगरपालिकामा भएको आगजनी र तोडफोडका घटनाप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। आन्दोलनकै नाममा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिको विरोध गर्दै नगर प्रमुख चक्रपाणि अर्यालले यस्तो गतिविधि नगरको शान्ति, सद्भाव र विकासलाई प्रत्यक्ष असर पार्ने बताएका छन् । नगरपालिकाद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा […]