जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनी गर्नेलाई कडा कारबाही हुनुपर्छ: बाणगंगा नगरपालिका

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बाणगंगा नगरपालिकामा भएको आगजनी र तोडफोडका घटनाप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। आन्दोलनकै नाममा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिको विरोध गर्दै नगर प्रमुख चक्रपाणि अर्यालले यस्तो गतिविधि नगरको शान्ति, सद्भाव र विकासलाई प्रत्यक्ष असर पार्ने बताएका छन् ।

नगरपालिकाद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै प्रशासनिक भवन, विद्यालय, सडक, सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा भएको तोडफोडप्रति खेद व्यक्त गर्दै यस्ता असामाजिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

“हिंसात्मक गतिविधिबाट कुनै पनि व्यक्ति, समुदाय वा समाजको हित नहुने भएकाले सम्पूर्ण नागरिकले यस्ता क्रियाकलापबाट टाढा रहनुपर्छ,” नगर प्रमुख अर्यालले भनेका छन् ।

विज्ञप्तिमा यस्ता गतिविधिले सामाजिक समरसता, सांस्कृतिक मूल्य र विकास प्रक्रियामा बाधा पुर्याउने भएकाले सम्पूर्ण नगरवासीलाई शान्ति, एकता र सद्भाव कायम राख्न आह्वान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *