बाणगंगा नगरपालिका: संविधान दिवसलाई एकताको पर्वको रुपमा मनाउने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । बाणगंगा नगरपालिकाको आकस्मिक कार्यापालिका बैठक सम्पन्न भएको छ। विहिबार बसेको उक्त बैठकले जेन–जी आन्दोलनका नाममा नगर क्षेत्रमा उत्पन्न अराजक गतिविधिप्रति गहिरो दुःख प्रकट गर्दै घटनाको गम्भीर समीक्षा गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले जटिल परिस्थितिमा सबैलाई सयमित, धैर्यशील र जिम्मेवार रहँदै नगरमा शान्ति र सद्भाव कायम गर्नुपर्नेमा जोड दिएको ।उहाँले बताउनुभयो ।

बैठकमा बोल्दै नगरप्रमुख अर्यालले जेन–जी आन्दोलनका क्रममा भएका असामान्य गतिविधि नगरका लागि निकै पीडादायी भएको बताउनुभयो । “जेन–जी आन्दोलनका क्रममा भएका असामान्य गतिविधि नगरका लागि निकै पीडादायी छन्। तर, हामी सबै मिलेर सयमित र धैर्य भएर अघि बढे मात्र बाणगंगामा फेरि सामान्य स्थिति फर्काउन सकिन्छ। संविधान दिवसलाई शान्ति, एकता र सहकार्यको पर्वका रूपमा मनाउन सबै नगरवासीलाई आग्रह गर्दछु, ” उहाँले भन्नुभयो ।

त्यस्तै उपप्रमुख रिता कुमारी चौधरीले परिस्थितिलाई सामना गर्न सामूहिक प्रयास जरुरी रहेको बताउनुभयो । “यो संवेदनशील समयमा नगरवासीबीच भय र अविश्वास होइन, आपसी विश्वास र सहकार्य फैलिनु आवश्यक छ। संविधान दिवसलाई शान्तिपूर्ण ढंगले मनाएर हामीले सकारात्मक सन्देश दिनुपर्छ, ” उहाँले भन्नुभयो ।

बैठकले संविधान दिवस असोज ३ गते शान्तिपूर्ण वातावरणमा मनाउने निर्णय गरेको छ।

नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको सञ्चालनमा बसेको बैठकमा उपप्रमुख रिता कुमारी चौधरी, वडा अध्यक्षहरू र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

 

May be an image of 8 people, people studying, table and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *